प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण: बुझाए सामाजिक सञ्जालका फलोअर्स सहितको विवरण

 चैत २, २०८२

✍ लेखा खबर संवाददाता


प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण

काठमाडौँ, चैत्र २९ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सार्वजनिक गरेका आफ्नो सम्पत्ति विवरण विगतका प्रधानमन्त्रीहरूको तुलनामा निकै फरक र ‘आधुनिक’ देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा बालेनले आफ्नो सामाजिक सञ्जालका फलोअर्स र सब्सक्राइबरलाई समेत अमूल्य सम्पत्तिको रूपमा प्रस्तुत गरेका छन्।

डिजिटल साम्राज्य

विवरण अनुसार प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको छ। उक्त रकमको स्रोतमा उनले फेसबुक, युट्युब, टिकटक, स्पोटिफाई र आईट्युन्स (iTunes) जस्ता डिजिटल प्लेटफर्महरूलाई उल्लेख गरेका छन्।

आफ्नो डिजिटल पहुँचबारे स्पष्ट पार्दै उनले विवरणमा लेखेका छन्:

फेसबुक: ४० लाख (4 Million) फलोअर्स

युट्युब: १२ लाख (1.2 Million) सब्स्क्राइबर

टिकटक: ५ लाख फलोअर्स

कुनै पनि नेताले आफ्नो सामाजिक सञ्जालको पहुँचलाई आधिकारिक रूपमा सम्पत्ति विवरणमा खुलाएको यो सम्भवतः पहिलो पटक हो।

घर-जग्गा र नगद

विवरण अनुसार बालेनको नाममा काठमाडौँमा ५ आना जग्गा रहेको छ। यस्तै, उनको परिवारको नाममा तराईमा ठूलो परिमाणमा जग्गा छ, आमा ध्रुवदेवी शाहको नाममा धनुषामा १.२ बिघा र बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको छ।

१९० तोला सुन र बैंक मौज्दात

श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको उल्लेख छ, जसको स्रोत ‘पैतृक’ देखाइएको छ। यस्तै, बालेनको बैंक खातामा १.४६ करोड रुपैयाँ मौज्दात रहेको विवरणमा देखिन्छ।

प्रधानमन्त्री बालेनको सम्बोधन विना सकियो संसद्को पहिलो अधिवेशन, परम्परा तोडिएको हो कि लोकतान्त्रिक पद्धति?

सम्पत्ति भनेको पैसा र जग्गा मात्र होइन, ‘जनताको साथ र डिजिटल पहुँच’ पनि हो भन्ने सन्देश प्रधानमन्त्री बालेनले यो विवरणमार्फत दिन खोजेको देखिन्छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?