विश्वकप २०२६: ड्रेसिङ रुममा इरानको त्यो ‘रहस्यमय पत्र’, वास्तविकता थाहा पाउँदा फिफा नै झस्कियो!

 ४ मिनेट अगाडि

✍ लेखा खबर संवाददाता


विश्वकप २०२६: बेल्जियम विरुद्धको खेलपछि लस एन्जलस रंगशालाको ड्रेसिङ रुममा इरानी फुटबल टोलीले छोडेको पत्र

काठमाडौँ, असार ८। विश्वकप २०२६ को समूह चरण अन्तर्गत आइतबार राति भएको बेल्जियम र इरानबिचको खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, खेलको नतिजाभन्दा पनि खेल सकिएपछि इरानी राष्ट्रिय फुटबल टोलीले रंगशालाको ड्रेसिङ रुममा छोडेको एउटा भावनात्मक र शक्तिशाली पत्रले यतिबेला विश्वभरका खेलकुद प्रेमीहरूको ध्यान खिचेको थियो।

अमेरिकाले लगाएको कडा कूटनीतिक र यात्रा प्रतिबन्धका कारण विश्वकपकै क्रममा ठूलो सास्ती खेपिरहेको इरानले लस एन्जलस छोड्नुअघि ड्रेसिङ रुममा ‘स्वाभिमानका साथ बिदा’ भएको सन्देश छोडेको थियो।

के लेखिएको छ पत्रमा?

इरानी टोलीले ड्रेसिङ रुममा छोडेको पत्रमा भनिएको छ:

“हजारौँ वर्ष पुरानो प्राचीन पर्सिया (फारस) देखि आजको सभ्य इरानसम्म, इरानको गतिशीलता र भावना सधैँ जीवित र अटल छ। हामी लस एन्जलसमा गर्वका साथ आयौँ, सम्मानका साथ प्रतिस्पर्धा गर्‍यौँ र अहिले आफ्नो स्वाभिमान र गरिमा कायम राख्दै यो सहर छोड्दैछौँ।”

पत्रमा अगाडि लेखिएको छ, “हाम्रो स्वागतका लागि लस एन्जलसलाई धन्यवाद। र यी १८० मिनेटसम्म इरानका लागि आफ्नो मन, आवाज र आत्मा दिने प्रत्येक इरानी नागरिकलाई धन्यवाद। सबै राष्ट्रहरूबीच शान्ति, सम्मान र मित्रता कायम रहोस्।”

विवाद र फिफामा उजुरीको तयारी

यस भावुक पत्रको पृष्ठभूमिमा भने ठूलो राजनीतिक र व्यवस्थापकीय विवाद लुकेको छ। विश्वकप २०२६ का लागि इरानले आफ्नो मुख्य बेसक्याम्प मेक्सिकोको टिजुआनामा बनाएको छ। अमेरिकाको कडा प्रतिबन्धका कारण इरानी टोलीलाई खेल हुनुभन्दा ठीक एक दिन अगाडि मात्रै अमेरिका प्रवेश गर्ने अनुमति दिइएको छ र खेल सकिएलगत्तै उनीहरूले तुरुन्तै अमेरिका छोड्नुपर्ने बाध्यता छ।

यस्तो विभेदपूर्ण यात्रा व्यवस्था र हवाई उडानमा भएको कडा अवरोधका कारण आफ्ना खेलाडीहरूको प्रदर्शनमा गम्भीर असर परेको भन्दै इरानले विश्व फुटबल महासङ्घमा आधिकारिक रूपमा उजुरी दिने तयारी समेत गरेको छ।

बेल्जियम विरुद्धको खेलमा उत्कृष्ट डिफेन्स र गोलकिपिङको मद्दतले १ अंक जोड्न सफल इरानले अब जुन २६ मा सियाटलमा इजिप्टको सामना गर्नेछ।

फुटबल संसारको महाकुम्भ: जहाँ प्रविधिले रेफ्रीको काम गर्छ, रङ्गशाला नै विमानस्थल बन्छ

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?