भन्सार कर बढ्ने हल्लाले ईभी आयात दोब्बर, व्यापारी नाफाको रणनीतिमा

 जेठ ०६, २०८२

✍ लेखाखबर सम्पादक


विद्युतीय सवारी आयातमा वृद्धि भएपछि नेपाल-चीन सिमानामा थन्किएका गाडीहरू

चीनबाट विद्युतीय सवारीको मूल्य घट्दा र नेपालमा कर बढ्ने हल्ला चल्दा व्यापारीहरू स्टक गर्न दौडिएका छन्

काठमाडौं, बैशाख ५ चीनबाट भित्रिने विद्युतीय सवारी आयातमा पछिल्लो समय आकस्मिक वृद्धि भएको छ। रसुवागढी र तातोपानी भन्सार अहिले ओभरलोड अवस्थामा छन्। कतिपय गाडी भन्सार क्लियर नपाई थन्किएका छन् भने कतिपय ट्रक गेटमै अड्किएका छन्। गाडी राख्ने स्थानको अभाव देखिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, “भन्सार बढ्ने हल्लाले व्यापारीहरू हचवचमा परेका छन्, जसको असर भन्सार क्षेत्रमा प्रत्यक्ष देखिएको छ।”

चीनमा मूल्य घट्दा नेपालमा विद्युतीय सवारी आयातको माग झनै बढ्यो

चीनमा विद्युतीय सवारीको मूल्य घटिरहेको छ। नयाँ कम्पनीहरूको प्रवेश, चर्को प्रतिस्पर्धा र प्रविधिमा सुधारका कारण ईभीको मूल्य घटेपछि नेपाली व्यापारीहरूको क्रियाशीलता झनै बढेको देखिएको छ। यसले आयात दरमा अप्रत्याशित वृद्धि ल्याएको छ।

अनिश्चितता व्यापारीको मौका, उपभोक्ताको अन्योल

एक उपभोक्ताले भने, “हामीले मागेको गाडी अहिले छैन रे, तर जब आउँछ, अहिलेको रेटमै आउँछ कि छैन भन्न सक्दैनन्।” व्यापारीहरू हालको कर दरमा स्टक गरेर, भविष्यमा कर बढेपछि त्यही गाडी महंगो मूल्यमा बेच्ने रणनीति बनाइरहेका छन्।

नीति अपारदर्शिताले निश्चित व्यापारीलाई फाइदा

पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले पेट्रोलियम र विद्युतीय सवारीमा कर बराबरी गर्ने प्रस्ताव गरेको छ। तर, नीति निर्माण प्रक्रिया गोप्य हुँदा केही व्यापारीहरू सूचनाको भरमा अग्रिम तयारी गर्न सफल भएका छन्।

इभी गाडीमा राजस्व छली: झुटा कागजात र कमजोर संयन्त्रले गुम्यो ५ अर्ब कर

निष्कर्ष: विद्युतीय सवारी आयातमा वृद्धि

कर नीतिमा पारदर्शिता आवश्यक

वर्तमान अवस्थाले उपभोक्तालाई अन्योलमा राखेको छ भने सीमित व्यापारीहरूलाई लाभ दिलाइरहेको छ। विज्ञहरू भन्छन्, “नीति पारदर्शी, पूर्वसूचित र सबैका लागि समान नहुन्जेल यस्तो विकृति अन्त्य हुँदैन।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3