नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गराउने एमालेमा प्रस्ताव

 असोज ३०, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं , असोज ३० । नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार संगठन विभागका सचिव माधव ढुंगेलले ७ बुँदे सुझाव राखेका छन् ।

एमाले युवा नेतासमेत रहेका उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताएका छन् ।

ढुंगेलले आफ्नो सात बुँदे सुझावको अन्तिममा एउटा प्रस्ताव गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई भुलाउन उनले नयाँ तरिका सुझाएका छन् ।

उनले आफ्नो प्रस्ताव नम्बर ७ मा नयाँ पुस्तालाई व्यस्त बनाउन सहरका चोक-चोकमा साँझको समयमा कन्सर्ट गर्नुपर्ने बताएका हुन् ।

‘पुस्ता अनसारका मद्दाहरू हन्छन्’, उनले केन्द्रीय कमिटी बैठकमा सुझाव दिँदै भनेका छन्, ‘उनीहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझ कन्सर्टहरूको आयोजना गर्नु पर्दछ ।’

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?