प्रत्यक्ष नजितेका क्षेत्रमा रास्वपाका समानुपातिक सांसदलाई ‘कमाण्ड’: केन्द्रीय समितिबाट कार्यविभाजन अनुमोदन

 ३ घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी

काठमाडौँ, बैशाख ८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई नयाँ जिम्मेवारी तोकेको छ। प्रत्यक्ष निर्वाचनमा पार्टीले जित हासिल गर्न नसकेका निर्वाचन क्षेत्रहरूको नेतृत्व र संगठन विस्तारका लागि रास्वपाले समानुपातिक सांसदहरूलाई कार्यविभाजन गरी खटाएको हो।

गत आइतबार बसेको सचिवालय बैठकको प्रस्तावअनुसार सोमबार बसेको केन्द्रीय समिति बैठकले सांसदहरूको यो कार्यविभाजनलाई अनुमोदन गरेको छ। पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्षतर्फ पराजित भएका वा पार्टीको उपस्थिति कमजोर रहेका क्षेत्रमा संगठनलाई मजबुत बनाउन यो कदम चालिएको हो।

पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको भनिएको छ। यस निर्णयसँगै अब रास्वपाका समानुपातिक सांसदहरूले आफूलाई तोकिएको क्षेत्रमा पार्टीको संगठन निर्माण, जनसम्पर्क र संसदीय गतिविधिको समन्वय गर्ने जिम्मेवारी सम्हाल्ने छन्।

अस्पताल र शैक्षिक संस्थामा दलीय राजनीति निषेध: उपकुलपतिहरूलाई प्रधानमन्त्रीको अल्टिमेटम

पछिल्लो समय ‘मिसन २०८४’ लाई लक्षित गर्दै रास्वपाले आफ्नो संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने रणनीतिलाई तीव्रता दिएको छ।

पुरा सूची:

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?