वैदेशिक सहायता कटौती को आँधी: विकासशील राष्ट्रहरू संकटको गहिराइमा

प्रमुख दातृ राष्ट्रहरूको सहायता कम गर्ने निर्णयले इथियोपियादेखि अफगानिस्तानसम्मका सामाजिक र पूर्वाधार परियोजनामा गम्भीर असर
काठमाडौँ, असार १ — २०२५–२६ मा अमेरिका, बेलायत, जर्मनी, क्यानडा लगायतका दातृ मुलुकहरूले वैदेशिक सहायता कटौती गर्न थालेपछि धेरै विकासशील राष्ट्रहरू गम्भीर संकटमा परेका छन्। CGD को विश्लेषण अनुसार यी कटौतीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सीधा असर पार्नेछ।
कुन राष्ट्र कति वैदेशिक सहायत कटौती गर्दैछ?
- 🇺🇸 अमेरिका: ५६% सहायता कटौती
- 🇬🇧 बेलायत: ३९%
- 🇩🇪 जर्मनी: २७%
- 🇨🇦 क्यानडा: २५%
- 🇫🇷 फ्रान्स: १९%
यी कटौतीहरू मुख्यतः द्विपक्षीय सहायता मा केन्द्रित छन्।
कस्ता देश सबैभन्दा प्रभावित?
- इथियोपिया
- अफगानिस्तान
- जोर्डन
- कंगो
- लेसोथो, माइक्रोनेसिया, इस्वाटिनी (५०% कटौती)
विकासका लागि झट्का
- आधारभूत परियोजना बन्दको जोखिम
- स्वास्थ्य, खाद्य, शिक्षा सेवामा कमी
- रोजगारी र स्थानीय उत्पादनमा असर
गैरसरकारी संस्था र मानवीय सहयोग कार्यक्रमहरू पनि संकटमा छन्।
७९ अर्ब संकलन भएको सामाजिक सुरक्षा कोषमा वैदेशिक श्रमिकको अगुवाई
विकासशील राष्ट्रहरूका लागि विकल्प के?
विकास साझेदारहरूको सहयोग घट्दै जाँदा धेरै मुलुकहरू आफ्नै स्रोत व्यवस्थापन र आत्मनिर्भर रणनीतिमा उन्मुख हुनुपर्ने अपरिहार्यता देखिएको छ। वैकल्पिक वित्तीय संयन्त्र, क्षेत्रीय सहयोग, प्रविधि हस्तान्तरण, र निजी क्षेत्रको सहभागितामार्फत दीगो विकास सम्भव हुने विज्ञहरू बताउँछन्।
यस्तै समयमा, राष्ट्रहरूले आन्तरिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र परिणाममुखी योजना कार्यान्वयनमा विशेष ध्यान दिननसके भने अन्तर्राष्ट्रिय सहायता नहुँदा आर्थिक र सामाजिक संकट अझ गहिरिनेछ।
वैदेशिक सहायता कटौती : वैकल्पिक उपाय खोज्नुपर्ने दबाब
विश्लेषकहरू भन्छन्, अब विकासशील मुलुकहरूले क्षेत्रीय सहयोग, निजी क्षेत्रको लगानी र दीगो आन्तरिक स्रोत परिचालन तर्फ लाग्नैपर्छ।
तपाईंको प्रतिक्रिया