राम्रो निद्राका लागि अब Heavy Excercise चाहिँदैन: हलुका व्यायामले नै अनिद्रा हटाउन सक्छ!

 श्रावण ०, २०८२

✍ लेखा खबर संवाददाता


हलुका व्यायाम गरिरहेकी महिला, योग वा हिँडाइको माध्यमबाट निद्रा सुधार गर्ने प्रयास

काठमाडौं, साउन ८ – के तपाईं हरेक रात छटपटिनुहुन्छ र बिहान थकित महसुस गर्नुहुन्छ? अब निद्राको समस्या समाधान गर्न भारी दौडधुप आवश्यक छैन। नयाँ अनुसन्धानहरूले देखाएका छन् कि अनिद्रा हटाउने व्यायाम अत्यन्त सरल र सजिलो हुन सक्छ।

अनिद्रा के हो?

अनिद्रा (Insomnia) एक सामान्य निद्रा विकार हो जहाँ व्यक्तिलाई निद्रामा समस्या हुन्छ—निदाउन गाह्रो हुने, सुतिरहन नसक्ने वा धेरैपटक बिउँझिने।

क्लिनिकल रूपमा, अनिद्राको निदान सामान्यतया तब गरिन्छ जब:

  1. कुनै व्यक्तिलाई निदाउन गाह्रो हुन्छ वा निद्रामा बारम्बार बाधा पुग्छ।
  2. यो समस्या हप्तामा तीन पटक वा सोभन्दा बढी हुन्छ।
  3. यो अवस्था तीन महिनाभन्दा बढी समयसम्म रहिरहन्छ।
    दीर्घकालीन अनिद्राका कारणहरू धेरै हुन सक्छन्, जसमा तनाव, खराब निद्राको बानी, दीर्घकालीन दुखाइ, केही औषधिहरूको सेवन वा अन्य निद्रासम्बन्धी विकारहरू (जस्तै: स्लीप एपनिया) समावेश छन्।

अनुसन्धान के भन्छ?

BMJ Evidence-Based Medicine जर्नलमा प्रकाशित मेटा-विश्लेषण अनुसार, योग, ताई ची, हिँडाइ वा सामान्य दौडले पनि अनिद्रा हटाउन सहयोग गर्छ।
युनिभर्सिटी अफ टेक्सास को अध्ययनले दैनिक १० मिनेटको मध्यम व्यायामले गहिरो निद्रा ल्याउने देखाएको छ।

व्यायामले कसरी काम गर्छ?

  1. सर्क्याडियन रिदम सुधार: व्यायामले शरीरको प्राकृतिक निद्रा-जागा चक्र (circadian rhythm) लाई सन्तुलित बनाउँछ। यसले गर्दा तपाईंलाई सही समयमा निद्रा लाग्छ र सही समयमा निद्रा खुल्छ।
  2. तनाव र चिन्ता घटाउँछ: आधुनिक जीवनशैलीमा तनाव र चिन्ता अनिद्राका प्रमुख कारण हुन्। शारीरिक गतिविधिले यी मानसिक समस्याहरूलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, जसले गर्दा मन शान्त भई राम्रो निद्रा लाग्छ।
  3. गहिरो र गुणस्तरीय निद्रा ल्याउँछ: नियमित व्यायामले शरीरलाई गहिरो र आरामदायी निद्रा (deep, restorative sleep) मा जान मद्दत गर्छ, जुन दिनभरिको थकानपछि शरीर र दिमागलाई ताजा बनाउन आवश्यक हुन्छ।

कुन-कुन व्यायाम प्रभावकारी?

  1. योग (Yoga)
  2. ताई ची (Tai chi)
  3. हिँड्ने(Walk)
  4. सिट-अप्स, पुश-अप्स (Sit Ups, Push Ups)
  5. हलुका दौड(Light Running)
    यी व्यायामहरू तनाव कम गर्दै सुत्ने चक्रलाई सन्तुलित राख्छन्।

कहिले गर्ने?

सुत्नुभन्दा १-२ घण्टा अघिसम्म मात्र हलुका व्यायाम गर्नु उपयुक्त हुन्छ। साँझको योग वा स्ट्रेचिङले अझ बढी फाइदा पुर्‍याउँछ।


फेरि रायो सागमा भेटियो अत्यधिक विषादी, कालीमाटी बजारमा रायो साग उपभोग गर्न अयोग्य घोषित

सस्तो, सजिलो र घरमै गर्न सकिने हलुका व्यायामहरूले तपाईंको अनिद्राको समस्या समाधान गर्न सक्छ। अब निद्राको गुणस्तर सुधार गर्न महँगो जिम सदस्यता वा दौडधुप आवश्यक छैन—बस नियमितता चाहिन्छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5