काठमाडौँमा आजदेखि ४ दिने निशुल्क AI कार्यशाला शुरु

 श्रावण १३, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, साउन ११, २०८२ – आईटी ट्रेनिङ नेपालले आज साउन १२ देखि १५ (२८ देखि ३१ जुलाई २) सम्म बिहान ११ बजे देखी १२ बजेसम्म चार दिन चल्ने निशुल्क AI कार्यशाला आयोजना गर्न लागेको छ।

निशुल्क AI कार्यशाला विशेष गरी:

  • विद्यार्थीहरू (+2 तहका विद्यार्थी)
  • स्नातक (Graduates)
  • प्रविधि र एआईमा रुचि राख्ने जो कोही (Tech & AI enthusiasts)का लागि उपयुक्त छ।

कार्यशालामा सहभागीहरूले मेसिन लर्निङका आधारभूत कुरा, Generative AI (जस्तै ChatGPT), एआई क्षेत्रमा करियर सम्बन्धी महत्वपूर्ण सुझावहरू र अनुसन्धान लेखनका तरिका सिक्ने मौका पाउनेछन्।

AI ले सार्वजनिक गर्‍यो: नेपालको इतिहासमै सबैभन्दा धेरै कमाइ गरेका १० नेपाली चलचित्रहरू

कार्यशालाका दिनहरू :

  • पहिलो दिन: मेसिन लर्निङ के हो?
  • दोश्रो दिन: जेनेरेटिभ एआई र ChatGPT
  • तेश्रो दिन: एआई क्षेत्रमा करियर सम्बन्धी सुझावहरू
  • चौथो दिन: अनुसन्धान लेख्ने तरिका र प्रकाशन

सहभागीहरूले सबै सत्रका सामग्रीहरू, अभ्यासका लागि कोडहरू, र अनुसन्धान लेखनको टेम्पलेट निःशुल्क पाउनेछन्।यो स्कूल–कलेजका विद्यार्थीदेखि एआईमा नयाँ चासो राख्ने टेक्नोलोजी प्रेमीहरूका लागि उत्कृष्ट अवसर हो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5