जिल्ला मालपोत कार्यालय काभ्रेका खरिदार दुई लाख घुससहित पक्राउ

 भदौ १८, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ, १८ भदौ । जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।

भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो। उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलीखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?