नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गराउने एमालेमा प्रस्ताव

काठमाडौं , असोज ३० । नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार संगठन विभागका सचिव माधव ढुंगेलले ७ बुँदे सुझाव राखेका छन् ।
एमाले युवा नेतासमेत रहेका उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताएका छन् ।
ढुंगेलले आफ्नो सात बुँदे सुझावको अन्तिममा एउटा प्रस्ताव गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई भुलाउन उनले नयाँ तरिका सुझाएका छन् ।
उनले आफ्नो प्रस्ताव नम्बर ७ मा नयाँ पुस्तालाई व्यस्त बनाउन सहरका चोक-चोकमा साँझको समयमा कन्सर्ट गर्नुपर्ने बताएका हुन् ।
‘पुस्ता अनसारका मद्दाहरू हन्छन्’, उनले केन्द्रीय कमिटी बैठकमा सुझाव दिँदै भनेका छन्, ‘उनीहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझ कन्सर्टहरूको आयोजना गर्नु पर्दछ ।’
तपाईंको प्रतिक्रिया