टीयू क्रिकेट मैदानबाट घर फर्किन निःशुल्क बस सेवा, ४ रुटमा सञ्चालन

 मङि्सर ०५, २०८२

✍ लेखा खबर संवाददाता


टीयू क्रिकेट मैदानबाट ४ रुटमा निःशुल्क बस सेवा सञ्चालनमा

काठमाडौं, मंसिर ४ – टीयू क्रिकेट मैदानबाट खेल हेर्न आउने दर्शकहरूको सहजताका लागि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र क्यानको विशेष पहलमा सुरु गरिएको यो सेवा टीयू क्रिकेट मैदानबाट आजदेखि खेल अवधिभर बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ। रात्रिकालीन खेल सकिने समयमा सार्वजनिक यातायात पाउन मुस्किल भएको गुनासोपछि यस व्यवस्थालाई प्राथमिकता दिइएको जनाइएको छ।

टीयू क्रिकेट मैदानबाट सवारी साधन नपाएर घर फर्किन समस्या परिरहेका महिला, वृद्धवृद्धा र अशक्तहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो। निःशुल्क यातायात सेवामा ‘मुस्कान ट्राभल्स’ ले सहकार्य गरेको छ।

दर्शकहरूले तल्लो टीयू गेट र ल्याब स्कुल अगाडिबाट बस चढ्न सक्नेछन्।

सञ्चालन हुने ४ वटा रुट

रुट १: टीयू गेट – स्वयम्भू – बालाजु

रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज

रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल

रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

मन्त्री गुप्ताको सक्रियता र क्यानको सहकार्यमा गरिएको यो पहलले दर्शकहरूलाई सुरक्षित र व्यवस्थित ढंगले घर फर्किन मद्दत गर्ने अपेक्षा गरिएको छ।

वीरगञ्जमा नापीका सर्भेक्षक र सहयोगी एक लाख घुससहित रंगेहात पक्राउ

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?