किन १४ दिनमा नै हटाईए श्रममन्त्री दीपक साह?

 चैत २६, २०८२

✍ लेखा खबर संवाददाता


श्रममन्त्री दिपककुमार साह पदमुक्त

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस र मन्त्री साहको ‘पदीय मर्यादा दुरुपयोग’ को पुष्टिपछि प्रधानमन्त्री शाहले उहाँलाई मन्त्रिपरिषद्बाट हटाउने निर्णय गरेका हुन्।

श्रीमतीका लागि शक्ति दुरुपयोग: मुख्य कारण

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै प्रधानमन्त्री शाहलाई पत्र बुझाउँदै मन्त्री साहले पदीय मर्यादा उल्लंघन गरेको जानकारी गराएका थिए। मन्त्री साहले लामो समयदेखि निष्क्रिय रहेकी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा पुनः नियमित कार्यमा संलग्न गराउन मन्त्रालयको शक्तिको दुरुपयोग गरेको पाइएपछि सो कदम लियिएको हो।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्रीको यस्तो गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर आँच पुर्याएको भन्दै सभापति लामिछानेले ‘राइट टु रिकल’ (Right to Recall) को संवैधानिक र विधानगत व्यवस्था प्रयोग गर्दै उहाँलाई फिर्ता बोलाएका हुन्।

स्वास्थ्यमन्त्री निशा मेहतालाई पनि ‘सचेत’

यसैगरी, सोही प्रकरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपाले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई पदीय जिम्मेवारीप्रति सचेत गराएका छन्।

सरकारको ‘पपुलारिटी मोह’ बीच एक अर्थपूर्ण निर्णय: ओझेलमा परेको अटिजम मुद्दामा नयाँ घोसणा

पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ बमोजिम गरिएको यो कारबाहीलाई बालेन शाह नेतृत्वको सरकारमा ‘सुशासनको कठोर कदम’ का रूपमा हेरिएको छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?