स्थानीय चुनावको भव्य तयारीमा रास्वपा: उम्मेदवार छान्न विपिन आचार्यको कमाण्डमा समिति, कसरी हुँदैछ छनोट?

 ६ घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


स्थानीय चुनावको भव्य तयारीमा रास्वपा

काठमाडौँ, बैशाख ११ । आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी तयारीलाई तीव्रता दिएको छ। निर्वाचन आउन एक वर्ष बाँकी रहँदै रास्वपाले उम्मेदवार छनोटको वैज्ञानिक विधि र ‘क्याण्डिडेट क्लब’ सञ्चालनका लागि उच्चस्तरीय समिति गठन गरेको हो।

गत वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको छ। समितिमा रामकुमार ढुंगाना सचिव रहेका छन् भने सांसद समीक्षा बास्कोटा, केपी खनालसहित कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की सदस्य रहेका छन्।

यस्तो छ उम्मेदवार छनोटको कार्यतालिका

समितिको पहिलो बैठकले वडा तहदेखि नै सुझाव संकलन गर्ने गरी समयसीमा निर्धारण गरेको छ:

१. वैशाख १४: वडा तहमा छलफल गरी पालिकामा सुझाव पठाउने।

२. वैशाख १६: पालिका तहमा छलफल गरी जिल्लामा पठाउने।

३. वैशाख १७: जिल्ला तहमा छलफल गरी प्रदेशमा पठाउने।

४. वैशाख १८: प्रदेश तहमा छलफल गरी केन्द्रमा सुझाव पठाउने।

भन्सारको दुईमुखे नीति: विमानस्थलबाट ‘लाखौँको आइफोन’ लाई रातो कार्पेट, नाकामा ‘एक दर्जन केरा’ मा आतंक!

सहमहामन्त्री आचार्यका अनुसार, संघीय निर्वाचनमा बालेन शाह समूहसँगको एकता र प्राविधिक कारणले लागू गर्न नसकिएको उम्मेदवार छनोटको ‘प्राइमरी’ विधि यस पटक स्थानीय तहमा पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। रास्वपाले यस प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने दाबी गरेको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?