शनिबार काठमाडौँ र ललितपुरका झण्डै १०० ठाउँमा ४ घण्टा बत्ती जाने!

 जेठ २२, २०८३

✍ लेखा खबर संवाददाता


शनिबार काठमाडौँ र ललितपुरका झण्डै १०० ठाउँमा ४ घण्टा बत्ती जाने

काठमाडौँ, जेठ २२ ।  आउँदो जेठ २३ गते शनिबारको दिन काठमाडौँ र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध (बत्ती बन्द) हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थले जारी गरेको सूचना अनुसार, स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत १३२ के.भी. स्युचाटार सबस्टेशनमा रहेको बसलाई सटडाउनमा राखी सबस्टेशनको मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति रोक्नुपरेको प्राधिकरणले जनाएको छ। यो सटडाउन अवधिमा काठमाडौँ उपत्यका भित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका जम्मा ९८ ठाउँमा ४ घण्टा बत्ती जानेछ। जसमा:

. कुलेश्वर वितरण केन्द्र (५३ स्थान): सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, च:मती, खसीबजार, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरू।

. कीर्तिपुर वितरण केन्द्र (११ स्थान): मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह र त्रि.वि. परिसर।

. रत्नपार्क वितरण केन्द्र (२० स्थान): न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान र लगन चोक।

. पुल्चोक वितरण केन्द्र (१४ स्थान): बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री र कुपण्डोल।

‘मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार!’ – आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

प्राधिकरणले मौसमको प्रतिकूलता रहेमा पूर्वनिर्धारित समय हेरफेर हुन सक्ने र निर्धारित समयमै काम सम्पन्न गर्न यथासम्भव प्रयास गरिने जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?