थिति र नीतिको गफ बेच्ने माननीयज्यू, मुक्तिनाथ मन्दिरमा त्यो ३ सय जनाको लाइन मिचाई किन ? – विदुषी राणालाई प्रश्न
“अस्पताल र मन्दिरमा लाइन मिच्ने मानिसहरू यो धर्तीका सबैभन्दा तुच्छ लफङ्गाहरू लाग्छन् । उसलाई धन र पढाइ मात्र भएर पुग्दैन, मान्छे हुने प्रज्ञा र संस्कृति चाहिन्छ ।”
– यादव देवकोटा
काठमाडौँ, जेठ २६ । सुप्रसिद्ध गोल्डस्टार जुत्ता उत्पादक कम्पनीको मालिक (विदुषी राणा) । देशमा थिति र निती बदल्ने होहल्ला गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद ।
हिजो जून ५, शुक्रबारको दिन विदुषीजी मुक्तिनाथ मन्दिर जानुभएको रहेछ। मानिसहरुको लामो लाम थियो । उहाँ झण्डै तीनसय मानिसको लाइन मिचेर स्वाट्टै मन्दिरको ढोकामा छिर्नुभयो।
उहाँले मलाई चिन्ने कुरा भएन । म त नागरिक आफ्नो देशका भगवानहरुलाई चिन्नु नै पर्यो । मैले देख्दादेख्दै उहाँले लाइन मिचेपछि मैंले उहाँले सुन्ने नै गरि भनें मन्दिरमा त लाइन मिच्ने यस्ता मानिसहरु देशमा थिति बसाउने गफ बेचेर हिँडेका छन् । नीति र नियम बनाउने थलोमा छन् । मुक्तिनाथ बाबा देशलाई यी मानिसहरुबाट बचाउ ।
त्यो सुनेर उहाँ र उहासँगै लाम मिचिरहेका अरु तीन उहाँका मानिस मतिर फर्किए । विदुषीजीले बिजुली गतिमा सल/ज्याकेटले मुहार छोप्नुभयो र स्वास फेर्न पनि नभ्याएला जस्तो गतिमा पुजा गरेर हिँड्नुभयो।
म मन्दिर, দেবতাको विश्वासी होइन । तर, अरुको विश्वासको अ’पमान मेरो बाटो होइन । म मेरा साथीहरुसँग पुगेको थिएँ। गएपछि साथीहरुको सम्मानवश मन्दिरको गेटसम्म गएको थिएँ। मजस्तो अधार्मिक मानिसलाई समेत घि’नलागेको त्यस्तो काम गरेर के धर्म कमाउन जानुभएको होला विदुषी जी ?
यो देशमा सकेसम्म र पाएसम्म सर्टकटमा अघि बढ्न चाहने को छैन र ? तर, मलाई अस्पताल र मन्दिरमा लाइन मिच्ने मानिसहरु यो धर्तिका सबैभन्दा तु’च्छ ल’फङ्गाहरु लाग्छन् ।
मानिससँग न त धन मात्रै भएर हुने रहेछ न त पढाई नै। उसलाई चाहिने रहेछ मान्छे हुने प्रज्ञा र संस्कृति।
म सकेसम्म गोल्ड स्टार जुत्ता लगाउने मान्छे । अब मलाई पुग्यो । मन्दिरमा त सर्टकटमा इन्टरटेन गर्ने यस्ता लफ’ङ्गाहरुले व्यापारमा कति सर्टकट गरिरहेका होलान्? कम्पनीमा काम गरिरहेका मानिसहरुको श्रममा कति सर्टकट गरिरहेका होलान्? या श्रमऐेन मुताबिक पारिश्रमिक दिइएको छ कि छैन होला? मिडिया जयजयकारमा छ । सर्टकट रोजिरहेका यस्ता मानिसहरुले संचालन गरेको श्रमशिविरको यथार्थ लेखे विज्ञापन आउँदैन। अनि किन लेख्ने ?
देशका अरु व्यावसायीहरुको व्यवसाय अमुक दलसँग नजिक रहेको भन्दै जलाएर खरानी बनाइएको बखत विदुषीहरु कसरी ज’ला’उनेहरुको प्रियसूचीमा परेर सांसद बन्नुभयो? अब देश ज’ला’उने ल’फ’ङ्गाहरुको समूहमा जतिसुकै सफल व्यवसाय चलाएपनि कस्ता सर्टकटहरु जम्मा भएका रहेछन् भन्ने एकपछि अर्को गरेर खुलिरहेकै छ।
(लेखक देवकोटाका यी विचार उनको सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएको हो ।)
नेपाल-भारत क्रस बोर्डर डिजिटल भुक्तानी औपचारिक रूपमा सुरु ! नेपालीलाई के कस्ता सुविधा ?

तपाईंको प्रतिक्रिया