मलेखु–मुग्लिन सडकखण्ड रातको समयमा आंशिक बन्द, ७ असारसम्म आरसीसी बिम राख्ने काम

साताव्यापी निर्माण कार्यका कारण रातिको समयमा सवारी आवागमन प्रभावित हुने, ट्राफिक नियम पालना गर्न अपिल
काठमाडौं जेठ २९, — पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु मुग्लिन सडक सडक खण्डमा निर्माण कार्यका कारण ३० जेठदेखि ७ असारसम्म रातिको समयमा सवारी आवागमन आंशिक रूपमा बन्द गरिने भएको छ।
धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार, बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य अघि बढेकाले सडक प्रयोगमा अस्थायी अवरोध आवश्यक भएको हो। यस कार्यका लागि विशाल क्रेन प्रयोग गरिनुपर्ने भएकाले सुरक्षाका कारण रातिको समयमा यातायात रोक्ने निर्णय गरिएको हो।
मलेखु मुग्लिन सडक बन्द समय:
- राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म,
- अत्यावश्यक सवारीसाधन बाहेक सबै सवारी रोकिँनेछ।
सवारी रोक्का स्थानहरू:
- मुग्लिनतर्फबाट आउने भारी सवारीसाधनहरू: मलेखुमा
- हलुका सवारीसाधनहरू: शितलबजारमा
- मलेखुतर्फबाट आउने भारी सवारीसाधनहरू: मुग्लिनमा
- हलुका सवारीसाधनहरू: कुरिनटारमा
रोकिएको सवारी बिहान ३:०० बजेपछि मात्रै गन्तव्यतर्फ अगाडि बढ्न पाउनेछ।
सूचना :

नेपालको बजेट प्रणाली निर्माण प्रक्रियाको वर्तमान अवस्था
निर्माणको गती र सुरक्षा दुबै प्राथमिकतामा
सडक डिभिजन कार्यालयका अनुसार, खोलामाथि बिम राख्ने काम वर्षायाम सुरु हुनु अघि सक्ने लक्ष्य राखिएको छ, जसका लागि रातिको समय उपयोग गर्नुपरेको हो। यात्रु तथा चालकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताउँदै, प्राविधिक टोली, ट्राफिक प्रहरी र निर्माण कम्पनीबीच समन्वयमा कार्य भइरहेका छन्। कार्य सम्पन्न भएपछिका दिनमा सो क्षेत्रमा सवारी सहज हुने अपेक्षा गरिएको छ।
यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा योजना उक्त समयअनुसार मिलाउन प्रहरीले अनुरोध गरेको छ।
तपाईंको प्रतिक्रिया