अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटना: यात्रु उछिट्टिएर बाँचेको दाबी
लन्डनका लागि उडेको ड्रीमलाइनर विमान टेकअफपछि दुर्घटनामा, बेलायती नागरिकको बयानले हल्लायो विमानस्थल
काठमाडौँ, जेठ २९ — भारतको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीबार दिउँसो एयर इन्डियाको विमान दुर्घटना मा परेको छ। लन्डनका लागि उडेको AI-171 उडान नम्बरको बी-787 ड्रीमलाइनर विमान टेकअफ भएको केही क्षणमै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बेलायती यात्रुको अनुभव: “म उछिट्टिएर बाँचेँ”
दुर्घटनाबाट ज्यान जोगाएका ४० वर्षीय बेलायती नागरिक विश्वासले हिन्दुस्तान टाइम्स सँगको कुराकानीमा आफू दुर्घटनाको झट्कामा जहाजबाट बाहिर उछिट्टिएको दाबी गरेका छन्। उनका अनुसार, “टेकअफको करिब ३० सेकेन्डमै ठूलो आवाज आयो, अनि विमान हल्लिँदै दुर्घटनाग्रस्त भयो।” हाल अहमदाबाद सिभिल अस्पतालमा उनको उपचार भइरहेको छ। तर उनका भनाइहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
विमानमा २४२ जना सवार
एयर इन्डियाको आधिकारिक जानकारी अनुसार, उक्त विमानमा २४२ जना सवार थिए, जसमा २ जना पाइलट, १० जना क्याबिन क्रु र २३० यात्रु समावेश छन्।
यात्रुहरूमध्ये:
- १६९ जना भारतीय
- ५३ जना बेलायती
- ७ जना पोर्चुगाली
- १ जना क्यानाडाली रहेको उल्लेख छ।
एयर इन्डियाको विमान दुर्घटना मा अनुभवी चालक रहेको दावी
विमानका मुख्य पाइलट सुमीत सभरवालसँग ८,२०० घण्टा उडान अनुभव रहेको छ भने को–पाइलट क्लाइभ कुन्दरसँग १,१०० घण्टाको अनुभव रहेको भारतीय नागर विमानन महानिर्देशनालय (DGCA) को भनाइ छ।
मुख्य पाइलट सुमित सभरवालले दुर्घटनाको ठिक अगाडि आपतकालीन अवस्थाको संकेत दिएको पाइएको छ । उनले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् ।
भारत विश्वको चौथो ठूलो अर्थतन्त्र: जापानलाई उछिनेपछि नयाँ शक्ति बनेर उदाउँदै
विमानमा पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि
गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि उक्त विमानमा सवार रहेको भारतीय मिडियाले जनाएका छन्। उनीसहित अन्य यात्रुको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ।




तपाईंको प्रतिक्रिया