एसईई २०८२ नतिजा सार्वजनिक: फेल दर अझै उच्च, गणितमा चुनौती कायमै

काठमाडौँ, असार १३ — राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ नतिजा अनुसार कुल पास प्रतिशत ६१.८१% रहेको छ । ११ कक्षा पढ्न नपाउने अर्थात् नन ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूको संख्या ३८.१९% भन्दा बढी देखिएको छ।
५ लाख १४ हजार विद्यार्थी सहभागी परीक्षार्थी मध्ये ४,३८,८९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। यसपटक कूल १,६७,५९७ जना विद्यार्थीलाई कुनै ग्रेड नआएको (अवर्गीकृत) देखिएको छ। यसैगरी, राष्ट्रिय परीक्षा बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
फेल हुने संख्या र विषयगत तालिका
विषय (Subject) | २०८२ फेल |
---|---|
गणित (Mathematics) | १,२८,२१५ |
अङ्ग्रेजी (English) | ८०,६७२ |
विज्ञान (Science) | ७९,२७१ |
नेपाली (Nepali) | ५४,७३५ |
सामाजिक (Social) | ५३,१८६ |
प्रत्येक प्रदेशबाट परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या
प्रदेश(Province) | परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या |
---|---|
कोशी प्रदेश (Koshi) | ४७,८३५ |
मधेस प्रदेश(Madesh) | ५९,७४९ |
बागमती प्रदेश(Bagmati) | १,१९,५१७ |
गण्डकी प्रदेश(Gandaki) | ४७ ,८४९ |
लुम्बिनी प्रदेश(Lumbini) | ५७ ,६८७ |
कर्णाली प्रदेश(Karnali) | ४६ ,४५५ |
सुदुरपश्चिम प्रदेश(Sudur-Paschim) | ५९ ,८०४ |
कुन कारणले यो अवस्था?
शिक्षाविद्हरूको विश्लेषणमा निम्न माग उठाइएको छ:
- गणित, अङ्ग्रेजी र विज्ञानमा विद्यार्थीहरुको आधारभूत तयारी कमजोर
- विद्यालय स्तरमा शिक्षक–विद्यार्थी अनुपात, प्रशिक्षण र पठन–पाठनको गुणस्तरमा सुधार आवश्यक
- पाठ्यक्रम पुनरावलोकन र परीक्षा प्रणालीलाई विद्यार्थी अनुकूल बनाउनुपर्ने
- कोचिंग केन्द्र र पूरक कक्षा बढ्दा विद्यालयभित्र नै अध्ययनमा कमि भएको आलोचना
सरकार र बोर्डको भूमिका
- नतिजा अनुसार सुधारात्मक कार्यक्रमहरू लागू गरिने बोर्डको जानकारी छ।
- आगामी वर्षमा सहायक शिक्षक, शिक्षक तालिम, स्थानीय अनुगमन र थप शैक्षिक सामग्री वितरण गरी सुधारको प्रयास गर्ने तयारी भइरहेको छ।
सिकाइ पिरामिड: पढाउने होइन, सिकाउने शिक्षाको युग सुरु!
निष्कर्ष
एसईई को परिणाममा पास दरमा सुधार भएपनि “फेल दर अझै उच्च” रहेको छ, विशेष गरी गणित, अङ्ग्रेजी, र विज्ञानमा विद्यार्थीहरू निराशाजनक प्रदर्शन गरेका छन्। यो शिक्षण प्रणाली सुधारको समर्थ चेतावनी हो। आगामी वर्षहरूले गुणस्तरीय शिक्षा र दीर्घकालीन रणनीति मार्फत यो प्रवृत्तिलाई उल्ट्याउने अवसर पाउनेछन्।
तपाईंको प्रतिक्रिया