काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड, पूर्वाधार र सामाजिक विकासमा जोड(आर्थिक वर्ष २०८२/८३ तालिका )

काठमाडौं, असार २९ — आर्थिक वर्ष २०८२/८३का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ। उपमेयर सुनिता डंगोलले १७औं नगरसभामा प्रस्तुत गरेको यो बजेटले पूर्वाधार विकास, सामाजिक सेवा सुधार, सुशासन प्रवर्द्धन, र रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। काठमाडौं महानगरको बजेट चालु वर्षको तुलनामा ८२/८३को बजेटमा ६ करोडले वृद्धि भएको हो। मेयर बालेन शाहको नेतृत्वमा तयार पारिएको बजेटले राजधानीलाई समृद्ध, सुरक्षित र आधुनिक बनाउने लक्ष्य लिएको छ।
खर्च शीर्षक | बजेट (रु.) | प्रतिशत (%) |
---|---|---|
पूर्वाधार विकास | १२,८०,८३,१४,००० | ५१ % |
सामाजिक विकास | ५,०२,२८,६८,००० | २० % |
कार्यालय सञ्चालन/प्रशासन | ३,५१,६०,०८,००० | १४ % |
सुशासन तथा अन्तरसम्बन्ध | ३,०१,३७,२१,००० | १२ % |
आर्थिक विकास | ७५,३४,३०,००० | ३ % |
कुल बजेट | २५,७६,४३,००,००० | १०० % |
प्रमुख विशेषताहरू:
- पूर्वाधारमा उच्च प्राथमिकता: सडक, खानेपानी, ढल निकासलगायत निर्माण योजनामा ठूला रकम छुट्याइएको छ।
- शिक्षा र फोहोरमैला व्यवस्थापनमा जोड: विद्यालय सुधार र सहरी सरसफाइ प्रणालीलाई प्राथमिक कार्यक्रमको रूपमा लिइएको छ।
- आय र रोजगारी बढाउने कार्यक्रम: ‘एक वडा एक उद्यम’ जस्ता कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा फोकस।
- प्रशासनिक खर्च स्थिर: कार्यालय सञ्चालन र कर्मचारी प्रशासनमा करिब १४ प्रतिशत रकम प्रस्ताव।
- राजस्व लक्ष्य: महानगरले चालु वर्षमा १० अर्ब रुपैयाँ राजस्व संकलन गरिसकेको छ।
तुलना: चालु बनाम आगामी वर्ष
बजेट वर्ष | बजेट (रु.) | फरक (रु.) |
---|---|---|
२०८१/८२ (चालु) | २५,७०,६३,००,००० | – |
२०८२/८३ (नयाँ) | २५,७६,४३,००,००० | +६ करोड |
काठमाडौं–निजगढ फास्ट ट्रयाक: भौतिक प्रगति ५०% नाघ्यो, १५ महिनामा सम्पन्न हुने [Video]
“पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासन हाम्रो नीति र प्राथमिकताका मूल आधार हुन्।”
— सुनिता डंगोल, उपमेयर, काठमाडौं महानगरपालिका
तपाईंको प्रतिक्रिया