वीरगञ्जमा नापीका सर्भेक्षक र सहयोगी एक लाख घुससहित रंगेहात पक्राउ

 मङि्सर ०४, २०८२

✍ लेखा खबर संवाददाता


वीरगञ्जमा नापी सर्भेक्षक र सहयोगी एक लाख घुससहित अख्तियारद्वारा पक्राउ

काठमाडौं, मंसिर ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नापी सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्। उनीहरूले छुट जग्गा दर्ता गरिदिने नाममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागिरहेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारमा परेको सूचना तथा उजुरीको आधारमा केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–३, आदर्शनगरस्थित नापी टोली कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले सेवाग्राहीबाट लिइसकेको एक लाख रुपैयाँसहित उनीहरूलाई तत्कालै पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने निर्णय, भारत डाइभर्ट अन्त्य हुने

तपाईंको प्रतिक्रिया