बञ्चरेडाँडाको भार घटाउँदै काठमाडौं महानगर: सुक्खा फोहोरबाटै वार्षिक ६ करोड आम्दानी
काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउँदै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटाउन ‘सुक्खा फोहोर व्यवस्थापन’ कार्यलाई तीव्रता दिएको छ । महानगरले फोहोरलाई समस्या मात्र नभई आम्दानीको स्रोतका रूपमा विकास गर्दै वार्षिक ६ करोडभन्दा बढी आय गर्ने गरी ठेक्का व्यवस्थापन गरेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईका अनुसार, यो योजना लागू भएसँगै ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन फोहोर कम हुन थालेको छ । महानगरले ३२ वटै वडालाई ७ क्षेत्रमा वर्गीकरण गरी सुक्खा फोहोर बिक्रीका लागि ६ करोड ८ लाख ७२ हजार रुपैयाँमा वार्षिक आय ठेक्का लगाएको हो ।
हाल वडा नं ७, १२, १८ देखि २७ सम्मका विभिन्न ११ वटा वडाहरूमा यो कार्य सुरु भइसकेको छ । महानगरले फोहोर सङ्कलन र व्यवस्थापनका लागि निजी कम्पनीहरूसँग प्रतिस्पर्धात्मक माध्यमबाट सम्झौता गरेको छ । यस प्रक्रियामा नेप्सेम्याक, प्राक्टिकल वेस्ट सोलुसन, क्रियटिभ सरसफाइ लगायतका कम्पनीहरूले विभिन्न क्षेत्रको जिम्मेवारी पाएका छन् । फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनः प्रयोग गर्न मिल्ने सुक्खा फोहोर बिक्री गर्दा एकातिर सहर सफा हुने र अर्कोतिर महानगरको राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
हर्क साम्पाङको पार्टीबाट को-को बन्दैछन् सांसद? क्याप्टेनदेखि ‘जेनजी’ सम्मको इन्ट्री

तपाईंको प्रतिक्रिया