टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक
काठमाडौं, चैत ४ । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ।
महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो।
महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो।
महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो।
महानगरले निर्माण कार्य सुरु भएपछि यो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने जनाकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ।’

तपाईंको प्रतिक्रिया