फेवाताल जग्गा विवाद: हर्क साम्पाङको ‘नैतिकताको प्रश्न’ मा गृहमन्त्री सुदन गुरुङको यस्तो जवाफ
काठमाडौँ, २३ चैत । सामाजिक सञ्जालमा चर्चामा रहेको पोखराको फेवातालस्थित २० रोपनी जग्गा लिज प्रकरणमा गृहमन्त्री सुदन गुरुङले आफ्नो मुख खोलेका छन्। धरान उपमहानगरपालिकाका मेयर तथा प्रतिपक्षी नेता हर्क साम्पाङले फेसबुकमार्फत ‘नैतिकताको सवाल’ उठाउँदै प्रश्न गरेपछि गृहमन्त्री गुरुङले सोही पोस्टको कमेन्टमा जवाफ दिएका हुन्।
हर्क साम्पाङको प्रश्न र सुझाव
प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई “हर्क दाइ” भन्नु हुन्छ ! त्यो साइनोले “भाइ हो तपाइँ मेरो” मलाई “हर्क जी” भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो” तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ “माननीय गृह मन्त्री ज्यु” हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !
नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण
प्रिय माननीय हर्क सम्पाङज्यू,
तपाईं र मेरो बीच विगत लामो समयदेखि रहेको सम्बन्ध, देशको हितका लागि BPKIHS का मुद्दाहरूमा सँगै अघि बढ्दै आएको यात्रा, र दाजुभाइको आत्मीय सम्बन्धले अझ मजबुत बनाएको छ। यस्तो गरिमामय पदमा रहि रहँदा तपाईं र नगरिकलाई जवाफ दिनु मेरो जिम्मेवारी पनि हो।
आजभन्दा करिब ८–१० वर्ष अघि, हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले,एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं। सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पुर्याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं।
सोही क्रममा, हामीले उक्त जग्गा मेरो नाममा नभई LEASE (भाडामा) लिएर काम अगाडि बढाएका थियौं। त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइयो, लालपुर्जा समेत देखाइयो, र त्यसैअनुसार हामीले लगानी सुरु गर्यौं।
तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि हाम्रो लगानी जोखिममा पर्यो।
यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आयो। हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौ। ठगीमा परे तापनि अरुलाई दुःख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौँ। अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौँ।
त्यसैले, त्यस समयमा हाम्रो युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै, हामी अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेका छौं।
PS: साथै, यस विषयमा संलग्न सबै मित्रहरू तथा सञ्चारमाध्यमहरूलाई पूर्ण तथ्य नबुझी हतारमा एकतर्फी रूपमा समाचार प्रकाशन नगर्नु हुन पनि विनम्र आग्रह गर्न चाहन्छु। यथार्थ बुझेर मात्र जिम्मेवार ढंगले विषय प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछु।
धन्यवाद।

तपाईंको प्रतिक्रिया