विश्वकप २०२६ भोलिदेखि: सुपरकम्प्युटर र एआईले घोषणा गर्‍यो यसपालिको दाबेदार, नेपालमा व्यापक बहस!

 जेठ २७, २०८३

✍ लेखा खबर संवाददाता


Famous football players at a podium

काठमाडौँ, २७ जेठ । विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला ‘फिफा विश्वकप २०२६’ भोलि राति(१२:४५) देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासमै पहिलोपटक ४८ वटा देशहरू सहभागी हुने र रेकर्ड १०४ वटा खेलहरू खेलाइने यो महाकुम्भ सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी छँदा, यसपालिको सुनौलो ट्रफी कसले उचाल्ला भन्ने बहसले विश्वभरिका फुटबल प्रेमीहरूसँगै नेपाली प्रशंसकहरूलाई पनि गर्माएको छ।

यसैबीच, खेलकुदको विश्वकै सबैभन्दा ठूलो र आधिकारिक तथ्याङ्क विश्लेषण संस्था ‘अप्टा’ (Opta Analyst) को सुपरकम्प्युटर र विश्वचर्चित आर्टिफिसियल इन्टेलिजेन्स (AI) मोडेलहरूले यसपालिको विश्वकप विजेताको गम्भीर भविष्यवाणी सार्वजनिक गरेका छन्, जसले फुटबल समीक्षकहरूलाई समेत स्तब्ध बनाएको छ।

सुपरकम्प्युटर र AI को पहिलो रोजाइ: स्पेन (Spain)

विगतका हजारौँ खेलहरू, खेलाडीको फर्म र सम्भावित समीकरणहरूलाई विश्लेषण गर्दै अप्टाको सुपरकम्प्युटरले १०,००० पटक गरेको डिजिटल म्याच सिमुलेसन (खेलको काल्पनिक रूप) बाट स्पेनलाई २०२६ को विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार घोषित गरेको छ।

सुपरकम्प्युटरले युरो विजेता स्पेनलाई विश्वकप जित्ने १६.१ प्रतिशत सम्भावना दिएको छ। लामिन यमाल, पेड्री र रोड्री जस्ता युवा तथा विश्वस्तरीय खेलाडीले भरिएको स्पेनको टोली यसपालि फाइनलमा पुग्ने सम्भावना २५.६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ। विश्वका शीर्ष एआई च्याटबोटहरू (ChatGPT, Gemini र Perplexity) ले पनि संकलन गरेको डाटाका आधारमा स्पेन नै यसपालिको विश्वकपको मुख्य हकदार बन्ने दाबी गरेका छन्।

दोस्रो स्थानमा फ्रान्स र तेस्रोमा इङ्गल्याण्ड

सुपरकम्प्युटरको सूचीमा किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स दोस्रो स्थानमा छ। फ्रान्सले ट्रफी उचाल्ने सम्भावना १३ प्रतिशत र फाइनल पुग्ने सम्भावना २१.२ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ। यस्तै, स्टार खेलाडी जुड बेलिङ्घम र ह्यारी केन सम्मिलित तथा थॉमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्ड ११.२ प्रतिशत सम्भावनासहित तेस्रो स्थानमा बलियो देखिएको छ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र ब्राजिल कहाँ छन्?

नेपाली फुटबल फ्यानहरूमा सबैभन्दा धेरै क्रेज रहेको लियोनेल मेसीको देश तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई सुपरकम्प्युटरले आश्चर्यजनक रूपमा चौथो स्थानमा मात्र राखेको छ। अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने सम्भावना १०.४ प्रतिशत मात्र देखाएको छ।

त्यस्तै, विश्वकपको इतिहासकै सबैभन्दा सफल टोली ब्राजिल भने ६.४८ प्रतिशत सम्भावनाका साथ छैटौँ स्थानमा खुम्चिएको छ। क्रिष्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप भनिएको पोर्चुगल ६.८४ प्रतिशत सम्भावनासहित पाँचौँ स्थानमा छ।

सुपरकम्प्युटरले सार्वजनिक गरेको शीर्ष १० दाबेदार देश र उपाधि जित्ने सम्भावना:

१. स्पेन – १६.१%

२. फ्रान्स – १३.०%

३. इङ्गल्याण्ड – ११.२%

४. अर्जेन्टिना – १०.४%

५. पोर्चुगल – ६.८४%

६. ब्राजिल – ६.४८%

७. जर्मनी – ५.६६%

८. नेदरल्याण्ड्स – ३.८४%

९. नर्वे – ३.३६%

१०. बेल्जियम – २.३४%

थिति र नीतिको गफ बेच्ने माननीयज्यू, मुक्तिनाथ मन्दिरमा त्यो ३ सय जनाको लाइन मिचाई किन ? – विदुषी राणालाई प्रश्न

४८ टोलीको नयाँ संरचनाले थपेको कौतुहलता

यसपालिको विश्वकपमा १२ वटा समूह रहनेछन्, जहाँबाट शीर्ष दुई टोली र उत्कृष्ट ८ वटा तेस्रो स्थानमा रहने टोलीहरू सोझै ‘राउन्ड अफ ३२’ (Knockout Stage) मा पुग्नेछन्। इतिहासकै सबैभन्दा धेरै टोली भएकाले यसपालि सुपरकम्प्युटरको डाटालाई उल्ट्याउँदै साना टोलीहरूले ठूलो उलटफेर गर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?