विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ ६० कोरस कलाकारसहित सार्वजनिक

 श्रावण २, २०८२

✍ लेखा खबर संवाददाता


विष्णु माझीले ‘म त नराउरी’ बोलको नयाँ तीज गीत सार्वजनिक गर्दै

काठमाडौं, साउन २८ – लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। बुधबार बिहान युट्युबमार्फत सार्वजनिक भएको यो गीत फरक लय र शैलीमा प्रस्तुत गरिएको छ, जसमा ६० भन्दा बढी कोरस कलाकारको सहभागिता रहेको छ।

यो गीत ‘पुलतीको भट्टी’ भाग २१ को रूपमा बजारमा आएको हो। हरेक वर्ष तीजको पूर्वसन्ध्यामा उनका प्रशंसकहरू नयाँ गीतको प्रतिक्षामा रहने गरेका छन्, र यस वर्ष पनि उक्त प्रतिक्षालाई उनले रंगीन प्रस्तुतीसहित पूरा गरेकी छन्।

गीतका शब्द, संगीत र निर्देशन उनका श्रीमान् सुन्दरमणि अधिकारीले गरेका हुन्। नृत्य संयोजनमा मौसम हिमालीले कोरियोग्राफी सम्हालेका छन्। भिडन्त र रंगीन दृश्यहरूले भरिएको यस गीतमा सहभागी सबै कलाकारहरू पारम्परिक पोशाकमा सजिएका छन्।

गीत सार्वजनिक भएपछि केही घण्टामै यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। दर्शकहरूले गीतको लय, शब्द र नृत्य संयोजनको प्रशंसा गर्दै प्रतिक्रिया दिएका छन्।

(भिडियो लिंक) विष्णु माझीको ‘म त नराउरी’ ले यस वर्षको तीज उत्सवलाई अझै उत्साहपूर्ण बनाउन सहयोग गर्ने निश्चित देखिन्छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?