आज राति १२:४५ बजेबाट सुरु हुँदैछ प्रिमियर लिग : Opta को सुपर कम्प्युटरको चकित पार्ने भविष्यवाणी

 श्रावण ३१, २०८२

✍ लेखा खबर संवाददाता


Opta सुपर कम्प्युटरको प्रिमियर लिग 2025 भविष्यवाणी, लिभरपुल, आर्सेनल, म्यान सिटी र म्यान युनाइटेडको सम्भावना सहितको ग्राफिक

आज राति लिभरपुल–बोर्नमाउथको खेलसँगै EPL 2025/26 सुरु, Opta को सुपर कम्प्युटरले गरेको भविष्यवाणी फ्यानहरूको चर्चामा

काठमाडौँ, ३० साउन – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज राति १२:४५ बजे लिभरपुल र बोर्नमाउथबीचको भिडन्तसँगै सुरु हुँदैछ। तर खेल सुरु हुनुअघि नै, Opta को सुपर कम्प्युटरले गरेको भविष्यवाणीले फुटबलप्रेमीहरूलाई चकित पारेको छ।

लिभरपुल फेरि शीर्षमा, इतिहास रच्ने दाउमा
गत सिजन अर्ने स्लटको टिमले शानदार प्रदर्शन गर्दै उपाधि जितेको थियो। सुपर कम्प्युटरले यसपटक पनि लिभरपुललाई २८.५% सम्भावनासहित च्याम्पियनको पहिलो दावेदार देखाएको छ। यदि यो साँचो भयो भने क्लबले १४० वर्षको इतिहासमा पहिलो पटक लगातार दुई सिजन प्रिमियर लिग जित्नेछ।

आर्सेनलको सपना फेरि अधुरो?
गनर्सका समर्थकले यो पढ्दा मुटु धड्काउन सक्छ, २४.३% सम्भावना भए पनि सुपर कम्प्युटरको गणना अनुसार आर्सेनल चौथो पटक पनि दोस्रो स्थानमै रोकिँदैछ।
चार वर्षको ‘so close yet so far’ कथा फेरि दोहोरिन सक्छ।

म्यानचेस्टर सिटी : ‘ट्रेबल’पछि कमजोर भविष्यवाणी
१८.८% सम्भावनासहित सिटीलाई तेस्रो स्थानमा देखाइएको छ।
यो समाचारले पेप गार्डिओलाका समर्थकलाई झट्का दिन सक्छ। सुपर कम्प्युटरका अनुसार सिटीको प्रभुत्व खस्कने छ, र यो वर्षको उपाधि उनीहरूको हातबाट चिप्लिन सक्छ।

चेल्सीको अप्रत्याशित उचाल
गत सिजनको उतारचढावपछि पनि चेल्सीलाई ८.४% सम्भावनासहित शीर्ष चारमा देखाइएको छ। तर उपाधि? त्यो भने अझै टाढा।

Opta's Supercomputer prediction

सबैभन्दा ठूलो धक्का

– म्यानचेस्टर युनाइटेडलाई १२औं स्थानमा भविष्यवाणी!

– टोटनहमलाई १४औं स्थानमा, ब्रेन्टफोर्डभन्दा तल
यसले सामाजिक सञ्जालमा ‘meltdown’ ल्याउने निश्चित छ

रिलिगेसनको त्रास

– सन्डरल्यान्ड : ३४.१% सम्भावना

– लिड्स : १७.८%

– बर्नली : १६.६%
यी तीनै टिमलाई नयाँ सिजनको अन्त्यमा प्रिमियर लिगबाट बाहिरिने उच्च जोखिममा राखिएको छ।

काउन्टडाउन सुरु
आज राति १२:४५ बजे लिभरपुल र बोर्नमाउथको भिडन्तसँगै सिजनको पर्दा उठ्नेछ, र सुपर कम्प्युटरको भविष्यवाणी सत्य वा मिथ्या हुने यात्राको सुरुवात हुनेछ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5