भोलीदेखि निजी शैक्षिक संस्थाहरू आन्दोलन गर्दै, संसदमा विचाराधीन शिक्षा विधेयकप्रति गहिरो असन्तुष्टि

 भदौ ०४, २०८२

✍ लेखा खबर संवाददाता


भोलीदेखि निजी शैक्षिक संस्थाहरू आन्दोलन बस्दै, संसदमा विचाराधीन शिक्षा विधेयकप्रति गहिरो असन्तुष्टि

काठमाडौं, भदौ ४ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानविरुद्ध असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलनमार्फत भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने निर्णय सार्वजनिक गरेका हुन्। यदि ८ गतेसम्म माग पूरा भएन भने ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गरिनेछ। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकरीले भने, “८ गतेसम्म कुर्छौं। माग पूरा नभए ९ गतेदेखि आन्दोलनमा प्रवेश गर्नेछौं।”

आन्दोलन सुरुवात भोलि बिहान ११ बजे माइतीघर मण्डलमा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शनबाट गर्ने, भदौ ६ गते देशभरका स्कूल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायत कार्यक्रमहरु समावेश गरिएको छ।
संगठनहरूले विधेयकमा समावेश गरिएको पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान हटाउन, र विद्यालयहरूलाई ‘गैर-नाफामूलक’ बनाउने प्रावधान हटाउन माग गरेका छन्।

विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा विचाराधिन छ। तर सरोकारवालाहरूको असन्तुष्टिका कारण समितिले विधेयक पारित गर्न सकेको छैन।

गण्डकी सरकारले कार्यालय खारेज गरेपछि कर्मचारीको विरोध, १४ बुँदे मागपत्र पेश

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?