तिलिचो तालछेउ खेलियो रेस्लिङ : गिनिज बुकमा नेपालको नाम

 मङि्सर १२, २०८२

✍ लेखा खबर संवाददाता


तिलिचो तालछेउमा रिंगभित्र रेस्लिङ खेल्दै विश्व कीर्तिमान बनाउँदै नेपाली महिला रेस्लरहरू

काठमाडौं, मंसिर ११ – मनाङको उच्च हिमाली भूभागस्थित तिलिचो तालछेउ मा पहिलोपटक आयोजित रेस्लिङ महाभिडन्तले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा फेरि उभ्याएको छ। नेपालकी पहिलो महिला प्रो–रेसलर भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले संसारकै अग्लो स्थानमा रेस्लिङ खेल्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा नेस्याङ गाउँपालिका–९, मनाङमा विशेष रिङ निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा यो अद्वितीय प्रतियोगिता सम्पन्न भयो। कार्यक्रममा अमेरिकी रेस्लर क्यामिल कोलेटी लिगोन (होलिडेड) समेत सहभागी थिइन्।

रिङभित्रको भिडन्त उत्कृष्ट र रोमाञ्चक बनेको थियो। युनिकाले खेलमा दमदार प्रदर्शन गर्दै रेस्लिङ इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपिन्। यसअघि उनले कालापत्थर (५,६४४ मिटर) मा रेस्लिङ खेलेर पनि विश्वकै अग्लो उचाइमा रेस्लिङ खेलिएको कीर्तिमान बनाएकी थिइन्।

दोस्रो खेलमा नेपाली रेस्लर सिन्धुपाल्चोक टाइगर (कृष्ण मगर) ले पनि जित हात पारी आफ्नो प्रभाव जमाउन सफल भए।
कार्यक्रममा नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले र मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल विशेष आतिथ्य रहेका थिए।

विश्वका १५० भन्दा बढी देशमा लोकप्रिय रहेको रेस्लिङ खेल नेपालमा पनि गतिशील रूपमा बढिरहेको छ। तिलिचो तालछेउमा भएको यो ऐतिहासिक आयोजनाले नेपाललाई उच्च उचाइमा हुने खेल पर्यटन र विश्वकीर्तिमान दुवै क्षेत्रमा नयाँ आयाम दिएको आयोजकहरूको भनाइ छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?