अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

 फागुन २८, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ, फागुन २८ । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन्। उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं।”

फेब्रुअरी २८ देखि अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच द्वन्द्व चर्किएको छ। यस द्वन्द्वले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत असर पु¥याएको छ। मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए। उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन्।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ। इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ। यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन्।

“परिणाम पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर भएको छैन” – केपी ओली

तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन्।

एएनआई

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?