गगन थापाको राजीनामा: चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति पद त्यागे
काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पराजय र व्यक्तिगत हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। बुधबार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहसँग पराजित भएका थिए। विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका थापाको नेतृत्वमा कांग्रेसले यस निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै प्राप्त गरेको छ। रास्वपाले झन्डै दुई तिहाइ सिटसहित ऐतिहासिक जित निकाल्दा कांग्रेस दोस्रो ठूलो दलमा खुम्चिएको छ।
‘घण्टी’ को ध्वनि र पाँचतारेको शून्यता
पार्टीका नेताहरूले राजीनामा नदिन दबाब दिए पनि थापाले “राजनीतिक नैतिकता” भन्दै पद त्याग्ने निर्णय गरेका हुन्। उनको राजीनामाबारे आगामी शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अन्तिम निर्णय लिनेछ।

तपाईंको प्रतिक्रिया