इन्धन संकट टार्न सरकारको ‘ट्रिपल’ एक्सन: के-के हुन् ती ३ महत्वपूर्ण निर्णय?
काठमाडौँ, २२ चैत । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्तिमा देखिएको गम्भीर समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले आइतबार तीनवटा ठूला ‘एक्सन’ लिएको छ। मन्त्रिपरिषद्को बैठकले गरेका यी निर्णयहरूले आम नागरिकको दैनिक कार्यतालिका र प्रशासनिक प्रणालीमा व्यापक फेरबदल ल्याउने निश्चित छ।
यी हुन् सरकारका ३ प्रमुख निर्णयहरू:
१. हप्तामा २ दिन बिदा (शनिबार र आइतबार)
इन्धनको खपत घटाउन सरकारले भोलि चैत २३ गते देखि नै लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो नियम सरकारी कार्यालय र शैक्षिक संस्था दुवैमा लागू हुनेछ।
२. सरकारी कार्यालय ९–५ (नयाँ समय तालिका)
२ दिन बिदा दिँदा सेवाग्राहीको काम नरोकियोस् भन्नका लागि सरकारले कार्यालय समय बढाएको छ। अबदेखि सरकारी कार्यालयहरू (शैक्षिक संस्था बाहेक) बिहान ९ बजे नै खुल्नेछन् र साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय १०-५ रहेको थियो।
३. नयाँ शैक्षिक सत्र वैशाख १५ बाट
मन्त्रिपरिषद्ले आगामी शैक्षिक सत्र २०८३ को सुरुवात वैशाख १५ गते बाट गर्ने निर्णय गरेको छ। विद्यालयहरूको वार्षिक कार्यतालिका र भर्ना अभियानलाई व्यवस्थित गर्न यो मिति तय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
सरकारको ‘पपुलारिटी मोह’ बीच एक अर्थपूर्ण निर्णय: ओझेलमा परेको अटिजम मुद्दामा नयाँ घोसणा
“पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण खर्च कटौती र व्यवस्थापनका लागि यी निर्णयहरू अनिवार्य भएका हुन्,” प्रवक्ता पोखरेलले स्पष्ट पारेका छन्।

तपाईंको प्रतिक्रिया