शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर पुन

 चैत ०५, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, चैत ५ । म्याग्दीबाट भारी मतका साथ निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथ ग्रहणमा ढिलाइ भएपछि आफ्नो पुरानै शैलीमा सडक किनारमा पुस्तक बेच्न सुरु गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले शपथको अझै टुङ्गो नभएकाले खाली बस्नुभन्दा आफ्नो आत्मकथा बेचेर समय सदुपयोग गर्ने बताएका हुन्।

उनले पोखराको नदीपुरस्थित बालमन्दिर नजिकै बसेर पुस्तक बिक्री सुरु गरेका छन्। निर्वाचनपछि आफ्नो क्षेत्रका ६ वटै पालिकामा पुगेर विकासका योजनाबारे पहिलो चरणको छलफल सकेर फर्किएका पुनले पोखराका मेयर धनराज आचार्यको ‘सडकमा नबस्न’ दिएको सुझावलाई समेत नम्रतापूर्वक अस्वीकार गरेका छन्। “के गरेर बस्ने त नि मेयर साब? गाह्रो पिरो नमान्नुहोला,” भन्दै उनले आफ्नो अभियान जारी राख्ने स्पष्ट पारेका छन्। पुनले पुस्तक बिक्रीबाट आएको रकम वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि खर्च गर्दै आएका छन्।

गगन थापाको राजीनामा: चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति पद त्यागे

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?