स्वास्थ्य मन्त्रीको पहिलो निर्णय– आन्दोलनबाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा

 कार्तिक १०, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं , कात्तिक ९। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्शको व्यवस्थापन गर्ने पहिलो निर्णय गरेकी छिन् ।

आइतबार राष्ट्रपतिसँग शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हालेपछि उनले पहिलो निर्णयको रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

‘जेनजी आन्दोलनका घाइतेलगायत आन्दोलनबाट प्रभावित व्यक्तिको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेँ,’ मन्त्री शर्माले भनिन्, ‘यसको डिटेल विज्ञबाट वर्कआउट हुन्छ ।’

स्वास्थ्य मन्त्रालयको सचिव भइसकेकी शर्माले प्रधानमन्त्री सुशीला कार्की सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मा पाएकी हुन् ।

मन्त्री शर्माले आइतबार नै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छिन् । 

२०६८ सालमा स्वास्थ्य मन्त्रालयको सचिवबाट अवकाश पाएकी शर्मा १४ वर्षपछि पुन: स्वास्थ्य मन्त्रालयमा फर्किएकी हुन् ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?