डिजिटल दुष्चक्र: के सामाजिक सञ्जालले हाम्रो खुसी खोस्दैछ?

 चैत १७, २०८२

✍ लेखा खबर संवाददाता


'सामाजिक सञ्जाल र मानसिक स्वास्थ्य' बीचको असन्तुलन अहिले गम्भीर चिन्ताको विषय

काठमाडौं, १७ चैत । पछिल्लो ‘विश्व खुसी प्रतिवेदन २०२६’ (World Happiness Report 2026) ले एउटा डरलाग्दो तथ्य सार्वजनिक गरेको छ, हामी जति धेरै ‘कनेक्टेड’ हुदैछौं, त्यति नै एक्लो र दुःखी बन्दैछौँ। विशेषगरी आधुनिक जीवनशैलीमा ‘सामाजिक सञ्जाल र मानसिक स्वास्थ्य’ बीचको असन्तुलन अहिले गम्भीर चिन्ताको विषय बनेको छ। कुनै समय संसारलाई जोड्ने पुल मानिएको सामाजिक सञ्जाल अहिले मानसिक अशान्तिको प्रमुख कारक बन्न थालेको छ।

मार्च २०२६ मा सार्वजनिक प्रतिवेदन अनुसार नेपाल विश्वका १४७ देशमध्ये ९२औं स्थानमा उक्लिएको छ। दक्षिण एसियाली मुलुकहरूमा नेपाल सबैभन्दा खुसी राष्ट्र देखिए पनि युवा पुस्तामा भने सामाजिक सञ्जालको प्रयोगका कारण ‘जीवन सन्तुष्टि’ (Life Satisfaction) को ग्राफ खस्कँदो छ। प्रतिवेदनले विशेषगरी २५ वर्षमुनिका युवाहरूमा बढ्दो ‘डिजिटल तनाव’लाई प्रमुख चुनौती मानेको छ।

१. देखावटीपनको प्रतिष्पर्धा र ‘तुलनाको पासो’

सामाजिक सञ्जालमा हामी अरूको ‘रङ्गीन’ जीवनसंग आफ्नो ‘साधारण’ जीवनको तुलना गर्न थाल्छौं। कसैको वैदेशिक भ्रमण, महँगो खाना वा सफलताका तस्बिरहरू देख्दा हामीलाई आफ्नै उपलब्धिहरू फिका लाग्न थाल्छन्। यो ‘तुलना’ नै खुसीको शत्रु बनेको छ। अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरका अनुसार, फेसबुक र ह्वाट्सएप भन्दा पनि इन्स्टाग्राम र टिकटक जस्ता ‘अल्गोरिदम’ आधारित प्लेटफर्मले मानिसमा हीनताबोध बढी बढाएको छ।

२. अल्गोरिदमको जाल र समयको बर्बादी

प्रविधि कम्पनीहरूले हाम्रा मोबाइल स्क्रिनलाई यसरी डिजाइन गरेका छन् कि हामी नचाहँदा नचाहँदै पनि घण्टौँसम्म ‘स्क्रोल’ गरिरहन्छौँ। प्रतिवेदन भन्छ: दैनिक ५ देखि ७ घण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने युवाहरूमा मानसिक समस्याको जोखिम उच्च देखिएको छ। यो निष्क्रिय प्रयोगले हाम्रो सिर्जनशीलता मात्र मारेको छैन, बरु परिवार र साथीभाइसँग बिताउने गुणस्तरीय समय पनि घटाएको छ। हामी एउटै कोठामा भएर पनि एक-अर्कासंग टाढा छौँ।

३. सामूहिक चेतनाको संकट

प्रतिवेदनले औंल्याएको अर्को गम्भीर पक्ष भनेको ‘सामूहिक क्रियाशीलता’को कमी हो। मानिसहरू सामाजिक मुद्दामा डिजिटल माध्यममा त सक्रिय देखिन्छन्, तर वास्तविक धरातलमा हुने सामाजिक सद्भाव र प्रत्यक्ष संवाद हराउदै गएको छ। यसले गर्दा समाजमा एउटा प्रकारको रिक्तता सिर्जना भएको छ।

चियामा अडिएको हाम्रो जिन्दगी !!

डिजिटल दुष्चक्रबाट बच्ने उपायहरू (Digital Detox Tips)

प्रविधिलाई पूर्ण रूपमा त्याग्न त सम्भव छैन, तर यसको ‘सचेत प्रयोग’ अनिवार्य छ:

सक्रिय प्रयोग: केवल स्क्रोल गर्नुको साटो सन्देश आदानप्रदान र सिकाइका लागि मात्र प्रयोग गर्ने।

डिजिटल डिटक्स: दिनको निश्चित समय (विशेषगरी सुत्नुअघि र बिहान उठ्नेबित्तिकै) मोबाइलबाट टाढा रहने।

खुसीको मापन: सामाजिक सञ्जाललाई सूचनाको माध्यम मात्र बनाउनुहोस्, न कि आफ्नो खुसी मापन गर्ने यन्त्र।

वास्तविक संसारका मानिसहरूसंग संवाद बढाउने र प्रविधिलाई आफ्नो नियन्त्रणमा राख्ने हो भने मात्र हामी यो मानसिक दलदलबाट बाहिर निस्कन सक्छौं।

इजरायल मृत्युदण्ड कानुन: घातक आक्रमणमा दोषी ठहरिएका प्यालेस्टिनीलाई मृत्युदण्ड दिइने

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?