सप्तरीमा मदिरा तस्करको मृत्यु, तस्करहरूले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी गोली चलाउन बाध्य

 श्रावण २२, २०८२

✍ लेखा खबर संवाददाता


सप्तरीमा प्रहरीको गोली लाग्दा एकजनाको मृत्यु

काठमाडौं, २१ साउन -सप्तरी जिल्लामा तस्करीका लागि तयारी गरिएको मदिरा नियन्त्रणमा लिन गएका प्रहरी र तस्कर समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको ज्यान गएको छ।


राजगढ गाउँपालिका-२, कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले गरेका छन्। उनका अनुसार राति करिब १० बजे भारत तर्फ तस्करी गर्न भण्डारण गरिएको ठूलो मात्रामा मदिरा रहेको सूचना पाएपछि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा पुगेका थिए।

आँखाबाट मेरुदण्डको ट्युमर निकाल्ने विश्वकै पहिलो शल्यक्रिया, अमेरिकामा ऐतिहासिक सफलता


त्यहाँ पुगेपछि तस्कर समूहले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको डिएसपी बस्नेतले जानकारी दिए। फायरिङको क्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेको थियो, जसका कारण उनको ज्यान गएको हो।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?