एकदेव लिम्बु र नेहा कक्करको ‘झिमझिमाउने आँखा’ युट्युबमा नम्बर १ ट्रेन्डिङमा

 असार १६, २०८२

✍ लेखा खबर संवाददाता


नेहा कक्कर र एकदेव लिम्बु 'झिमझिमाउने आँखा' गीतको दृश्य

काठमाडौं, असार १६ —नेपाली गायक एकदेव लिम्बु र भारतीय चर्चित गायिका नेहा कक्करको सहकार्यमा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘Jhim Jhim’ हाल युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा पुगेको छ। रोमान्टिक धुन, उत्कृष्ट भिडियो प्रस्तुति, अनि दुई मुलुकका चर्चित स्वरहरू मिलेकाले ‘झिमझिमाउने आँखा’ छोटो समयमा भाइरल बन्न पुगेको हो।

Ed Sheeran को ‘Sapphire लाई पछि पार्दै आफू no. 1 मा पुग्यो एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको “Jhim Jhim”। गीतले सार्वजनिक भएको दुई दिनमै लाखौँ भ्युज मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ। टिकटक र इन्स्टाग्राममा हजारौं प्रयोगकर्ताहरूले यस गीतमा रील्स बनाएका छन्। विशेषगरी युवापुस्ताले गीतको लय, भाव र भिडियोको लोकेशनलाई अत्यन्तै रुचाएका छन्।

नेहा र एकदेवको अनौठो मेल

नेहा कक्करले बलिउडमा थुप्रै सुपरहिट गीत दिएकी गायिका हुन् भने एकदेव लिम्बु पछिल्लो समय नेपाली गीतसंगीतमा सशक्त आवाजका रूपमा स्थापित हुँदै गएका छन्। ‘झिमझिमाउने आँखा’ मार्फत यी दुई कलाकारबीचको पहिलो सहकार्य भएको हो। गीतको म्युजिक भिडियोलाई कलात्मक ढंगले निर्माण गरिएको छ, जसमा प्रेम, आकर्षण र भावनात्मक सम्वादलाई निकै रोचक शैलीमा प्रस्तुत गरिएको छ।

आलोचना गर्ने प्रवृत्ति: प्रशंसा होइन, दोष देख्नमै व्यस्त समाज

नेपाली संस्करण पनि सार्वजनिक गरेका थिए

गीतको हिन्दी संस्करण ट्रेन्डिङमा हुनु भन्दा ७ महिना अगाडि गायक एकदेव लिम्बुले ‘झिमझिमाउने आँखा’ को नेपाली संस्करण पनि छुट्टै भिडियोका साथ सार्वजनिक गरेका थिए। नेपाली संस्करणमा उनले एकल स्वर दिएका छन्, जुन भिडियो पनि अत्यन्त मन छुने ढंगले निर्माण गरिएको छ। भिडियोमा नेपाली मौलिकता झल्किने दृश्यहरू, ग्रामीण पृष्ठभूमिको प्रेमकथा र लोक लयको मिश्रणले यसलाई नेपाली दर्शकका लागि अझै बढी आत्मीय बनाएको छ।

यसले नेपाली भाषी दर्शकहरूलाई अझ नजिक तानेको देखिन्छ। एकै गीतका दुई संस्करणहरूले नेपाल–भारत सांगीतिक सहकार्यमा नयाँ सम्भावनाको ढोका खोलेको संकेत पनि दिएका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5