सर्लाहीका कांग्रेस सभापति सिंहको राजीनामा : भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, भदौ ६ – नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि पदबाट राजीनामा दिएका छन्। सर्लाही कांग्रेस सभापति ले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
सिंहले आफ्नो राजीनामामा अदालतको निर्णयलाई स्वीकारे पनि त्यो अन्यायपूर्ण भएको दाबी गरेका छन्। उनले भने, “सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको ठहर भएको छ। म माथि भएको अन्यायको कानुनी तथा न्यायिक लडाइँ म निरन्तर लडिरहनेछु। राजनीतिक लडाइँ पनि जारी रहनेछ।”
सिंह २०५६ सालमा कांग्रेसमा प्रवेश गरेका थिए। उनले सर्लाही कांग्रेसमा दुई कार्यकाल उपसभापति भएर जिम्मेवारी सम्हालेका थिए भने २०७८ साल फागुन २९ गतेदेखि जिल्ला सभापतिको पदमा निर्वाचित भएका थिए।
२ अर्ब ७७ करोड मुद्दती निक्षेप लगानी गर्दै राष्ट्र बैंक, बैंकहरूका लागि कडा शर्त

सर्वोच्च अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनले सभापतिको जिम्मेवारी बहन गर्ने स्थिति नरहेको भन्दै राजीनामा दिएका हुन्। पार्टी नेतृत्वलाई बुझाइएको राजीनामापछि सर्लाही कांग्रेसको आगामी नेतृत्वबारे पार्टीभित्र छलफल हुने अपेक्षा गरिएको छ।
तपाईंको प्रतिक्रिया