शीतल निवासको निर्देशनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय

 भदौ २७, २०८२

✍ लेखा खबर संवाददाता


नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी

काठमाडौं, २७ भदौ – शीतल निवासको निर्देशनपछि नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय सक्रिय भएको हो। बिहीबार राति देखिएको राजनीतिक हलचलपछि शुक्रबार बिहानै गृह मन्त्रालयका कर्मचारीलाई फोनमार्फत तयारी थाल्न आदेश दिइएको हो।

ठुला दल र राष्ट्रपतिबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति जुटिसकेको भए पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा अझै निकास निस्किएको छैन। यही अनिश्चितताबीच सरकारले स्वागत समारोहलाई प्राथमिकता दिएको देखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी कार्कीको नामलाई अघि बढाउने निर्णय गरेका थिए। तर प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषय कानुनी विवादमा फसेको छ। यसै कारण संविधानविद्हरूसँग निरन्तर परामर्श भइरहेको बताइएको छ।

यसबीच, शीतल निवासमा राति नै गृह मन्त्रालयका कर्मचारीहरूलाई बोलाइएको भए पनि अन्तिम सहमति नजुटेपछि उनीहरूलाई फर्काइएको थियो। तर शुक्रबार बिहानै नयाँ निर्देशन दिइएको छ। यसले देखाउँछ कि सरकार नेतृत्व परिवर्तनसँगै आन्तरिक तयारीमा केन्द्रित भए पनि बाह्य रूपमा जनताको आक्रोशलाई बेवास्ता गरिरहेको छ।

पूजा लामाको पुनरागमन : साहसी सुरुवातदेखि संघर्ष र १९ वर्षपछि फिर्तासम्म

नेपालको राजनीतिमा फेरि एकपटक प्रक्रिया र जनभावनाबीचको अन्तराल ठूलो देखिएको छ। स्वागत समारोहको चकचकीभित्र वास्तविक प्रश्न अझै अनुत्तरित छ – जनताले सरकारबाट अपेक्षा गरेको जवाफ कहिले र कसरी पूरा हुन्छ?

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5