बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा

 पुष २२, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, पुष २२ – नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्।

ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए। बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए।

बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फेसबुक स्टाटसमा ओलीले दिएको जवाफका मुख्य बुँदाहरू यस प्रकार छन्:

ओलीको बयानका मुख्य बुँदाहरू

पहिलो: २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।

दोस्रो: आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।

तेस्रो: आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको।

चौथो: २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।

पाँचौं: २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।

छैठौं: गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।

२३ र २४ भदौको घटना

भदौ २३ र २४ गते काठमाडौंमा युवा आन्दोलनको क्रममा हिंसात्मक घटना भएको थियो। आन्दोलनकारी र सुरक्षा बलबीच झडप भएको थियो र ७६ को मृत्यु समेत भएको थियो।

यो घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।

नेपालमै पहिलोपटक दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै

जाँचबुझ आयोगको प्रक्रिया

जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट बयान लिएको थियो। आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीको निवासमा पुगेर लिखित स्टेटमेन्ट लिएका थिए।

यसअघि आयोगले विभिन्न राजनीतिक नेता, सुरक्षा अधिकारी र आन्दोलनमा संलग्न व्यक्तिहरूबाट समेत बयान लिइसकेको छ।

आयोगले सबै सम्बन्धित पक्षबाट बयान लिएर अन्तिम प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5