खुकुरी प्रहार गरी छिमेकीको हत्यापछि दाजुभाई  प्रहारीको नियन्त्रणमा

 असोज ०७, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ , असोज ७ । झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। 

सोमबार राति बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले सोही ठाउँका छिमेकी अन्दाजी ३५ वर्षीय फुर्वा तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए 

उनीहरूले घरमा सुतिरहेका तामाङको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए ।  हत्या गर्ने व्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ । 

आरोपी दाजुभाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी खडकाले बताए । यता गाउँलेका अनुसार समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएका थिए ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?