९ वर्षपछि संघीयता कार्यान्वयनको कानुनी बाटो खुला: संघीय निजामती सेवा विधेयक समितिबाट पारित

 जेठ ०५, २०८२
प्रतिनिधिसभाको समिति बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्दै सांसदहरू

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित, अब संसदको स्वीकृति पछि मात्र संघीय निजामती सेवा कानुनी रूपमा लागू हुनेछ

काठमाडौँ, जेठ ४ –  संघीयता कार्यान्वयनका लागि बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक अन्ततः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। यो विधेयक २०८० फागुनमा संसदमा दर्ता गरिएको थियो र लामो समयको बहसपछि अब समितिबाट प्रतिवेदनको रूपमा प्रतिनिधिसभामा पठाइनेछ।

यस विधेयकमार्फत संघीयता लागू भएको ९ वर्षपछि निजामती प्रशासनमा कानुनी आधार निर्माण हुनेछ, जसले संघीय शासन प्रणालीलाई संस्थागत र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

मुख्य बुँदाहरू यसप्रकार छन्:

सेवा प्रवेश उमेर सीमा:
पुरुषको अधिकतम उमेर ३५ वर्ष र महिलाको ३९ वर्ष। सरकारको प्रस्तावमा पुरुषका लागि ३२ र महिलाका लागि ३७ वर्ष थियो।

अवकाश उमेर नयाँ प्रावधान अनुसार ६० वर्षसम्म:
चरणबद्ध कार्यान्वयन : पहिलो वर्ष ५८, दोस्रोमा ५९ र तेस्रोदेखि ६० वर्ष।

सहसचिव पदमा खुला प्रतिस्पर्धा बन्द:
पहिले ७०% खुला प्रतिस्पर्धा रहेको शाखा अधिकृत पदमा अब ६०% मात्र। उपसचिवमा १०% यथावत।

अतिरिक्त सचिवको नयाँ पद:
सचिव र सहसचिव बीचको नयाँ तह “अतिरिक्त सचिव” स्थापना, विभागको नेतृत्व गर्ने व्यवस्था।

कुलिङ पिरियड:
अवकाशपछि २ वर्षभित्र कूटनीतिक वा संवैधानिक नियुक्ति निषेध।

मुख्य सचिव र सचिवको कार्यकाल:
मुख्य सचिवको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष, सचिवको ५ वर्षबाट घटाएर ४ वर्ष।

अन्तरप्रदेश सरुवा सीमित:
कर्मचारीले १० वर्षपछि मात्र सरुवा गर्न पाउने, त्यो पनि सम्बन्धित प्रदेशको सहमतिमा।

आरक्षण सुविधा सीमित:
एकै कर्मचारीले राजपत्रअनङ्कित र राजपत्राङ्कित पदमा एक–एक पटक मात्र आरक्षण लिन सक्ने।

संघीय कर्मचारीको कार्यकाल सिमित:
संघीय कर्मचारी १० वर्षसम्म मात्र प्रदेश वा स्थानीय तहमा खटिन सक्ने।

आन्तरिक पर्यटन बिदा कानुनी रूपमा व्यवस्था:
पहिले नियमावलीमा मात्र रहेको प्रावधान अब ऐनमै समावेश।

ट्रेड युनियन अधिकार यथावत:
ट्रेड युनियनसम्बन्धी अधिकार जस्ताको तस्तै राखिएको।

नेपालको लेखापरीक्षण यात्रा: अन्तर्राष्ट्रिय पहिचानतर्फको चम्किलो पाइला

यो विधेयक संसदबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ। यसले संघीय निजामती सेवा विधेयक को पूर्णता दिनुका साथै संघीयता कार्यान्वयनलाई कानुनी रूपमा टेवा पुर्‍याउनेछ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?