उदयपुरमा अनुदानको मल व्यापारीको गोदाममा लुकाइँदै, प्रशासनको छापा

 भदौ १३, २०८२

✍ लेखा खबर संवाददाता


उदयपुरमा प्रशासनको छापामा व्यापारीको गोदामबाट बरामद गरिएको अनुदानको मल

काठमाडौं, भदौ १३ । किसानलाई वितरण गर्न पठाइएको २ सय बोरा अनुदानको रासायनिक मल उदयपुरमा व्यापारीको गोदाममा लुकाइएका अवस्थामा बरामद भएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले बिहीबार बिहान कटारीस्थित दिलिप चौधरीद्वारा सञ्चालित आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्स मा छापा मार्दा मल फेला परेको हो। सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको नेतृत्वको टोलीले गोदामलाई तत्काल शिलबन्दी गर्दै कानूनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

पाण्डेले भने, “मल लुकाउने कार्यमा कस-कसको संलग्नता छ भन्नेबारे पूर्ण छानबिन हुन्छ। दोषीमाथि कडा कारबाहीका लागि हामीले कटारी नगरपालिकालाई निर्देशन दिएका छौं।” यसैबेला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले पनि घटनाबारे छानबिन समिति गठन गरी दोषीलाई उस्तै-अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

किसानको आक्रोश
कटारी क्षेत्रमा लामो समयदेखि मल अभाव चुलिँदै आएको छ। किसानहरूले अनुदानमा आएको मल नै व्यापारीहरूले लुकाएर कालोबजारी गर्ने गरेको गुनासो गर्दै आएका छन्। कृषक माधव धमलाले भने, “सरकारले किसानलाई सहजै मल पुर्‍याउने नीति बनाएको सुनिन्छ, तर अनुदानकै मलमा पनि कालोबजारी हुन्छ। हामी बाध्यतावश महँगोमा किन्नुपर्छ।”

बजार अनुगमनमा अन्य कारबाही
उक्त दिन अनुगमन टोलीले कटारी बजारका २८ पसल निरीक्षण गरेको थियो। सो क्रममा करिब १ लाख २० हजार रुपैयाँ बराबरको म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ र सूर्ती जफत गरी तत्काल नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले जानकारी दिइन्।

११ कम्पनीहरु सरकारको कालोसूचीमा: सार्वजनिक खरिदमा प्रतिबन्ध

त्यसैगरी कानुन विपरीत कारोबार गरेको भन्दै अञ्जली पाउरोटी उद्योग, रञ्जना स्टोर्स र कमलामाई बेकरीलाई जनही ५-५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?