“हाम्रो पुस्तकालय : हाम्रो भविष्य” नारासँगै कपिलवस्तुमा ४८ पुस्तकालय

 भदौ १७, २०८२

✍ लेखा खबर संवाददाता


“हाम्रो पुस्तकालय : हाम्रो भविष्य” नारासँगै कपिलवस्तुमा ४८ पुस्तकालय

भाद्र १६, काठमाडौं, १८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रुम टु रिडले कपिलवस्तु जिल्लाका तीनवटा गाउँपालिकामा अवस्थित ४८ विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। तीमध्ये ३३ पुस्तकालय सञ्चालनमा आइसकेका छन् भने बाँकी १५ पुस्तकालय स्थानीय तहसँग सहकार्य गरेर स्थापना भइरहेको संस्थाले विज्ञप्तिमार्फत् जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुस्तकालय दिवसको नारालाई “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” घोषणा गरेको छ। सोही नारासँगै मेल खाने गरी रुम टु रिडले बालबालिकामाझ पठन संस्कृतिको विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताइएको छ।

यी पुस्तकालयलाई बालमैत्री बनाईएको छ जसमा उमेरअनुसारका, रुचिअनुसारका र सिकाइशैलीअनुकूल चित्रकथा तथा किताब उपलब्ध हुनेछन्। यसले विशेषगरी निम्न आय भएका समुदायका बालबालिकामा पढ्ने बानी र साक्षरता स्तरलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

“पुस्तकालय केवल किताब राख्ने ठाउँ मात्र होइनन्। यी बालबालिकाको जिज्ञासा, सिर्जनशीलता र विकासका लागि बलियो आधार हुन्। हामी सरकारले, विद्यालयले र समुदायले सँगसँगै काम गर्दै हरेक बालबालिकालाई सिक्ने, पढ्ने र प्रगति गर्ने अवसर दिन चाहन्छौं,” रुम टु रिडका राष्ट्रिय निर्देशक पुष्कर लाल श्रेष्ठलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ।

सन् २००० मा स्थापित रुम टु रिडले हालसम्म नेपालभर ४ हजार ९५९ विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?